कर्णाली याक्स र नेबिकोबीच साझेदारी, तस्बिरहरु


काठमाडौँ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि. र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ ।
बिहीबार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए ।
कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपीएल हुन लागेकोमा खुसी व्यक्त गरे ।
नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको बताए ।
सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि भएको हो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ । नेबिको गुल्कोज, कोकोनट बिस्कुट लगातयका उत्पादन चर्चित छन् ।
एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।