`

विधिको शासन कायम गर्न कुनै पनि बहानामा आलटाल गर्नु हुँदैन : मन्त्री खरेल

Nepal One HD ३१ असोज २०८२ १४:४४
प्रमुख खबर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताएका छन् । मन्त्रीपरिषद् बैठकका निर्णयहरु सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार विधि र कानूनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताए । उनले वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गरे । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । वर्तमान सरकार जेनजी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी उनले गरे ।

उनले भने, ‘नेपाल सरकार जे जति राज्यका संयन्त्रहरु छन् । ती संयन्त्रहरुमार्फत विधिसम्मत, कानूनसम्मत ढंगले व्यवहारिक ढंगले जे जसरी अघि बढ्नु पर्छ त्यसमा अघि बढ्छ । यो सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्ने एउटा महत्वपूर्ण प्राथमिकता हो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ । विधिको शासन कायम गर्ने कुरामा यो वा त्यो बहानामा आलटाल हुँदैन । विधिसम्मत ढंगले जे गर्नुपर्छ हामी गर्छौं । यो सरकार जेनजी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो।’ मन्त्री खरेलले वर्तमान सरकार सबै राजनीतिक दलहरुको सरकार रहेको बताए । राष्ट्रिय तथा अन्तर्राष्टिय समर्थन प्राप्त सरकार भएको जिकिर गरे । —न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *