`

गोरखा बजारबाट २० किलो पटका बरामद

Nepal One HD २ कार्तिक २०८२ ६:३२
समाज

गोरखा, १ कात्तिक । प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पटका बिक्रीवितरण तथा प्रयोग नगर्न÷नगराउन यसअघि प्रहरीले पटकपटक सूचना जारी गरेको थियो । शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरिएको जनाउँदै प्रहरीले पुनः पटका राख्ने तथा पट्काउने गरे/नगरेको चेकजाँच र खानतलासी गरिने जनाएको छ । त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *