`

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

Nepal One HD २ कार्तिक २०८२ ८:१५
समाज

सर्लाही । पर्साको वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको शनिबार साँझ दीपावलीको तयारीका क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनतेरसको दिन करिब साँझ ६ बजे पीयूष आफ्नै घरमा दीपावलीको झिलिमिलीका लागि झालर बत्ती जडान गरिरहेका थिए । सोही क्रममा उनलाई विद्युत् प्रवाह भई करेन्ट लाग्दा उनी अचेत अवस्थामा भुईँमा लडेका थिए

स्थानीयवासीले तत्काल उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लागेका थिए । अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *