`

हर्क साङपाङले दल दर्ताका लागि आयोग पुगेर गरे सनाखत {तस्वीरहरु}

Nepal One HD २ कार्तिक २०८२ १३:३४
निर्वाचन विषेश

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् । श्रम संस्कृति पार्टी दर्ताका लागि यस अघि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ आइतबार बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेर फर्किएका हुन् ।

उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि अहिले सनाखत गरिरहेका आयोगले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले आयोगमा पुगेर सनाखत गरे पनि साधारण सदस्यलाई सनाखत गर्नका लागि भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा विवरण पठाइएको छ । उनीहरुले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नेछन् । त्यहाँबाट सनाखत गर्ने कार्य पुरा भएर विवरण आयोगमा आएपछि दल दर्ताको प्रक्रिया अन्तिम चरणमा पुग्नेछ । त्यसपछि आयोगको बैठक बसेर दल दर्ता गर्ने निर्णय गर्नेछ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *