लुटेका हतियार र भागेका कैदी प्रयोग गर्दैनौं भनेर दलहरुले स्वघोषणा गर्नुपर्छ : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गरिने बताएका छन् । ती हतियारहरु राजनीतिक दलहरुले दुरुपयोग गर्न नहुने उनले बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा अर्याललाई लुटिएका हतियारले चुनावमा जोखिम उत्पन्न गर्दैन ? भनेर सोधिएको थियो । जवाफमा शर्माले हतियारहरु कुनै पनि संगठित गिरोहको हातमा नपुगेको दावी गरे ।
उनले भने, ‘हाम्रो विश्लेषणले ती हतियारहरु कुनै संगठित गिरोहको हातमा पुगेको छैन र पुग्दैन भन्ने नै छ । उनीहरु असंगठितरुपमा लुकिछिपी बसेका छन् । त्यसलाई जसरी पनि रिकभर गछौं । ती भागेका कैदीबन्दीहरु र हतियारलाई राजनीतिक दलले प्रयोग गर्ने वा सहयोग लिने छैनौं भनेर स्वघोषणा गर्नुपर्यो । अरुलाई प्रयोग गर्न दिँदैनौं ।’ भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधि क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने उनको माग छ ।
‘शान्ति सुरक्षाको प्रत्याभूत गराउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं’
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको वातावरण तय गर्नेगरी काम अघि बढाइएको जानकारी गराएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे जानकारी गराउँदै गृहमन्त्री अर्यालले शान्ति सुरक्षाको प्रत्याभूत गराउनका लागि संयुक्त पेट्रोलिङ सुरु गर्ने जानकारी गराए । ‘निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षाको प्रत्याभूत गराउन संयुक्त पेट्रोलिङ गर्ने, सुरक्षा फौजको पेट्रोलिङ गर्ने । त्यही बीचमा हतियार रिकभर गर्ने लगायतका काम अघि बढाउँछौं,’ गृहमन्त्री लेखकले भने ।