`

बालेन र गृहमन्त्रीमाथि एमाले नेता बस्नेतको गम्भिर आरोप

Nepal One HD ५ कार्तिक २०८२ १८:०५
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित निजी निवासको अवलोकन गर्न पुगेका बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल ‘अपराधीको मतियार’ भएको दाबी गरे ।

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले भने, ‘गुण्डुमा हामी ओलीको लागि ओली कुटी बनाइदिन्छौं । यो जलाइएको घर राज्यको सम्पत्ति थियो । यसको लुटेरालाई समात्न गृहमन्त्रीलाई भन्छु । सरकारी कार्यालयहरु रातारात रंग लगाएर टालटुल पारिरहनु भएको छ । यसको मत्लब गृहमन्त्री थुनिएका मान्छेहरु छुटाउँदै छन् । गृहमन्त्री चाँही अपराधिहरु लुटेरा ठगहरुको प्रमाण नष्ट गर्ने अभियानमा लाग्नु भएको छ । त्यसकारण उहाँ सम्पूर्ण अराधको मतियार हो ।’उनले गृहमन्त्रीमाथि सिंहदरबार परिसरमा जलाइएका मोटरसाइकल र सवारी साधनहरू संसद भवनको पछाडि लगेर लुकाएको आरोपसमेत लगाए ।

उनले भने, ‘सरकारी कार्यालयहरू रातारात रंग लगाएर टालटुल पारिरहनु भएको छ । यसको मतलब गृहमन्त्री थुनिएका मान्छेहरू छुटाउँदै छन् ।’

बस्नेतले गृहमन्त्रीमाथि अपराधीसँगको साँठगाँठ रहेको आरोप लगाउँदै भने, ‘गृहमन्त्री प्रमाण नष्ट गर्ने अभियानमा लाग्नु भएको छ । उहाँ सम्पूर्ण अपराधको मतियार हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *