नेताहरूमाथि बालेनको कटाक्ष- रगत पिएर अरूलाई लुसिफर भन्छौँ, लाज लाग्दैन ?

बिशेष

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको बताए ।
उनले भने – ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन , यो देश विदेशीले बिगार्यो, Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ , अरुलाई एजेन्ट भन्छौ !!!आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ , काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !लाज लाग्दैन ? ‘
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको