`

पुटिनसँगको भेट रद्द गरेर ट्रम्पसँग छलफल गर्दै सी जिनपिङ

Nepal One HD ७ कार्तिक २०८२ १०:३८
प्रमुख खबर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिसँग वार्ता हुने जनाएको हो । शिखर सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म चल्नेछ । सम्मेलन सुरु हुनु एक दिनअघि चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।

राष्ट्रपतिमा ट्रम्प दोस्रो पटक निर्वाचित भएपछि पहिलो पटक उनीहरुबीच भेटवार्ता हुन लागेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, दुवै नेताबीचको वार्तामा व्यापार, ऊर्जा सहकार्य र युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।यता अमेरिकी राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच हंगेरीको बुडापेस्टमा हुने भनिएको भेटवार्ता रद्द भएको छ ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘म व्यर्थको बैठक गर्न चाहन्नँ । म समय बर्बाद गर्न चाहन्नँ, त्यसैले के हुन्छ, हेरौँला ।’ राष्ट्रपति पुटिनसँगको बैठक रद्द भएपछि अमेरिकाले रुसमाथि अर्को ठूलो आर्थिक प्रहार गरेको छ । ट्रम्प र पुटिनबीचको वार्ता रद्ध भएसँगै रुसले युक्रेनमा धेरै स्थानहरूमा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *