`

चीनद्वारा जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान

Nepal One HD ७ कार्तिक २०८२ १२:०७
प्रमुख खबर

काठमाडौं । चीनले जाम्बियामा खाद्य राहत कार्यक्रमका लागि ३५ लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गरेको छ । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा विश्वव्यापी विकास र दक्षिण सहयोग कोषमार्फत चीनद्वारा वित्त पोषित जाम्बिया खाद्य सहायता परियोजनाको उद्घाटन समारोह जाम्बियाको राजधानी लुसाकामा आयोजना गरिएको थियो ।

परियोजना अन्तर्गत चीनले जाम्बियालाई स्थानीय रूपमा लगभग ५ हजार ६ सय ४१ मेट्रिक टन मकै खरिद गर्न मद्दत गर्न ३५ लाख अमेरिकी डलर प्रदान गरेको थियो। दक्षिणी र पश्चिमी प्रान्तका सबैभन्दा खडेरी प्रभावित जिल्लाहरूमा १ लाख ८८ हजार ५७ लाभार्थी थिए । लगभग ३७ हजार घरपरिवारलाई तीन महिनामा अन्न वितरण गरिनेछ । जाम्बियाका १ सय १६ जिल्लाहरूमध्ये ८४ जिल्लाहरूमा लगभग ९९ लाख मानिसहरू खडेरीबाट प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *