स्वयम्भूबाट स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दुई जना पक्राउ
प्रमुख खबर
काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई ६९ लाख ८५ हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
“स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ,” उनले भने ।
पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
