`

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

Nepal One HD ८ कार्तिक २०८२ २०:४८
प्रमुख खबर

महेन्द्रनगर । इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ ।

आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’ नामाकरण गरिएको हो । कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्व खेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडा स्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरे । “साहसिक व्यक्तित्व स्व जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उनी आफू नरहेर साथीहरूको ज्यान जोगाए । उनको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेका वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ”, उनले भने ।

वडाध्यक्ष धामीले हाल स्थानीय वासीसहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए । दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीवासीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *