रामकुमारी झाँक्री लगायतका नेताहरू पत्रकार सम्मेलन गरेर एमालेमा फर्किँदै
बिशेष
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरू एमालेमा फर्किने भएका छन् ।
नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले पत्रकार सम्मेलन गरेर एमालेमा फर्किने भएका हुन् ।
झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् ।
बुधबार नै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
