बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी
राजनीति
काठमाडौँ । नेकपा एमालेनिकट युवा संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।
शाहले सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द प्रयोग गर्दै स्टाटस लेखेको भन्दै युवासंघले उनी विरुद्ध साईबरमा उजुरी दिएको हो । जनप्रतिनिधिले अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत राजनीतिक दल छिमेकी राष्ट्रमाथि टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका छन्।
बालेनले केही दिनअघि राजनीतिक दल र छिमेकी राष्ट्र भारत र चीनसहितलाई अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। उक्त स्टाटस उनले फेसबुकबाट केहीबेरमै हटाएका थिए।
राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरू साइबर ब्युरो पुगेका हुन्।



प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
