पार्टी एकताअघि नै भुसाल र झाँक्रीसहित ६ नेतामाथि माधव नेपालको कारवाही
काठमाडौं । नेकपा माओवादीसहित १० वाम दलबीच एकता घोषणाकै दिन माधव नेपालले महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन् । हिजो एकता घोषणाअघि सचिवालय बैठक राखेर ६ जनालाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएका छन् । कारबाहीमा पर्नेमा महासचिव भुसालसहित रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठ छन् ।
कारबाहीमा परेका व्यक्तिहरुले पार्टीको नाम र पदको दुरुपयोग गरेर कुनै गतिविधि गरे थप कारबाही गर्ने चेतावनी समेत दिएका छन् । यद्यपि, भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गर्ने मंसिर पहिलो साता बस्नेगरी राष्ट्रिय भेला बोलाएका छन् । कारवाहीको पत्र विहीवार सार्वजनिक भए पनि मिति भने बुधवार अर्थात कात्तिक १९ कै राखिएको छ । यद्यपी यो कारवाहीको पत्र अहिले केहीबेर अघि मात्र नेकपा एसको साबिक मेसेन्जर ग्रुपमा हालिएको हो ।

