`

प्रचण्डले मधेसमा गाएको गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी

काठमाडौं । नेकपा माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् । रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् । मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । प्रचण्डले माधव नेपाललगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो गरेका हुन् ।

रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्ततः सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरु अनि वास्तविक शहीदहरुलाई दिएका छन् । राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।’ प्रचण्डले केही दिनअघि मधेसमा आयोजित नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका हुन् ।

 

पार्टी एकताअघि नै भुसाल र झाँक्रीसहित ६ नेतामाथि माधव नेपालको कारवाही

काठमाडौं । नेकपा माओवादीसहित १० वाम दलबीच एकता घोषणाकै दिन माधव नेपालले महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन् । हिजो एकता घोषणाअघि सचिवालय बैठक राखेर ६ जनालाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएका छन् । कारबाहीमा पर्नेमा महासचिव भुसालसहित रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठ छन् ।

कारबाहीमा परेका व्यक्तिहरुले पार्टीको नाम र पदको दुरुपयोग गरेर कुनै गतिविधि गरे थप कारबाही गर्ने चेतावनी समेत दिएका छन् । यद्यपि, भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गर्ने मंसिर पहिलो साता बस्नेगरी राष्ट्रिय भेला बोलाएका छन् । कारवाहीको पत्र विहीवार सार्वजनिक भए पनि मिति भने बुधवार अर्थात कात्तिक १९ कै राखिएको छ । यद्यपी यो कारवाहीको पत्र अहिले केहीबेर अघि मात्र नेकपा एसको साबिक मेसेन्जर ग्रुपमा हालिएको हो ।

प्रचण्डको प्रस्ताव पारित, नारायणकाजी र जनार्दनको फरक मतबारे के भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा पेस गरेको प्रस्ताव पारित गरेको छ । आज (शुक्रबार) सकिएको केन्द्रीय कमिटी बैठकले प्रचण्डको प्रस्ताव पारित हो । बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई पनि समेट्ने र महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए ।

श्रेष्ठले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न भन्दै आफूलाई कार्यवाहक दिन माग गरेका थिए भने शर्माले प्रचण्डसहित सबै पदाधिकारी आगामी महाधिवेशनबाट नेतृत्वमा नआउने गरी सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका थिए ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको पूर्व उपराष्ट्रपति पुनको घर (तस्वीरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपराष्ट्रपतिको दहचोकस्थित घर जेन जी आन्दोलनको क्रममा ध्वस्त भएको छ । आन्दोलनकारीहरुले उनको घरमा तोडफोडसहित आगजनी गरेका थिए । तोडफोड र आगजनीबाट पुनको घर, सवारी साधन लगायत अन्य सामानहरु पूर्णरुपमा ध्वस्त भएको छ । उपराष्ट्रपतिको दुई कार्यकाल सकिए पश्चात उनी पार्टीमा पुन सक्रिय भएका थियो ।

जेनजी आन्दोलनका क्रममा मुख्य दलका अधिकांश शीर्ष नेताहरुको घर र कार्यालयमा तोडफोड गरिएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रायः सबजसो नेताहरुको घर र पार्टी कार्यालयमा आगजनी भएको छ ।