`

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो

Nepal One HD २४ कार्तिक २०८२ १२:१५
अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

आईतवार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमवार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको हो । सुनचाँदीको भाउमा निरन्तर उत्तारचढाव देखिँदै आएको छ, यसबाट सुनमा लगानी गर्नेहरु पनि संशकित देखिदै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *