`

प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको उत्साहजनक भीड

Nepal One HD २५ कार्तिक २०८२ १३:३७
निर्वाचन विषेश

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता प्रक्रिया केही दिन मात्र बाँकी रहँदा देशभरका निर्वाचन कार्यालयहरूमा सर्वसाधारणको उत्साहजनक सहभागिता बढेको छ।

सोहीअनुरूप प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पनि दर्ता गराउन आउनेको भीड दिनप्रतिदिन बढ्दै गएको छ।
कार्यालयको काम बिहान १० बजेदेखि हुने भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बिहानै ९ बजेबाट नै लाइनमा उभिने गरेका छन्।

दर्ता अन्तिम चरणमा पुगेका कारण दर्ताका लागि आउनेहरूको संख्या झनै बढेको कार्यालय स्रोतले जनाएको छ। मतदाता नामावली अद्यावधिक अभियान अन्तिम चरणमा रहेकाले निर्वाचनमा सहभागी हुन चाहने नागरिकहरू दर्ता गर्न कार्यालयमा उपस्थिति जनाइरहेका छन्।

तस्बिर : अमरेन्द्रकुमार यादव र नेपाल फोटो लाइब्रेरी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *