मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै हुम्लामा थपिए ९७५ मतदाता
राजनीति
अदानचुली (हुम्ला), २५ कात्तिकः हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाका अनुसार गत असोज ९ गते अगाडि पनि मतदाता नामावली सङ्कलन गरिएको थियो ।
जेनजी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका जेनजी युवालाई समेत मतदानमा सहभागी गराउन पुनः मतदाता नामावली दर्ता गर्ने कार्य थालिएको हो ।
विसं २०७९ को निर्वाचनमा जिल्लाको मतदाता सङ्ख्या ३२ हजार ३३३ रहेको थियो । हाल थपिएकोसहित जम्मा मतदाता सङ्ख्या ३३ हजार ३०८ पुगेको छ । नाम दर्ता गराउनेमा एक ७४ वर्षकी वृद्धा समेत रहनुभएको छ । अन्य सबै १८ वर्षदेखि ३० वर्ष आसपासका युवा रहेका प्रमुख रोकायाले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
