`

वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

Nepal One HD २५ कार्तिक २०८२ १९:४३
प्रमुख खबर

काठमाडौँ, २५ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गर्नुभएको थियो । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव हुनुहुन्छ ।

सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताउनुभएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *