`

वामदेव गौतमले आफ्नै दल खारेजीका लागि आयोगमा दिए निवेदन

Nepal One HD २५ कार्तिक २०८२ २०:०५
राजनीति

काठमाडौं । पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले आफू संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

गौतम नेतृत्वको सो पार्टी २०७९ साल साउन १२ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । उनले त्यसबेला पार्टीको संयोजकका रूपमा दर्ता गराएका थिए ।

तर, पछिल्ला राजनीतिक घटनाक्रमपछि गौतम एकीकृत समाजवादी पार्टी हुँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भइसकेका छन् । त्यसपछि उनले आयोगमा आफ्नो पार्टी खारेजीका लागि औपचारिक निवेदन दिएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले गौतमको दलले खारेजीका लागि निवेदन दिएको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *