`

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

Nepal One HD २६ कार्तिक २०८२ १६:२८
विश्व

कोलम्बो । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् ।

आयोगले विज्ञप्ति जारी गर्दै रणतुङ्गालाई सन् २०२१ मा उनको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको बताएको छ ।

आयोगका अनुसार यो मामिलामा पर्यटन मन्त्रालय अन्तर्गतका चार संस्थाका लागि नयाँ बिमा योजना खरिद गरिएको छ । राज्यको स्वामित्वमा रहेको श्रीलङ्का बिमा निगम (एसएलआईसी)बाट सिधै खरिद गर्नुको सट्टा रणतुङ्गाले निजी कम्पनी मार्फत खरिद गर्दा एसएलआईसीलाई ४.७ मिलियन रुपैयाँ(२०२१ को विनिमय दरमा लगभग २४ हजार अमेरिकी डलर)को नोक्सान भएको जनाइएको छ ।

आयोगले पूर्व मन्त्रीलाई वयानका लागि कोलम्बोको अदालतमा पेस गरिने जनाएको छ ।

रणतुङ्गाले यस अघि महिन्दा राजापाक्ष, गोताबाया राजापाक्ष र रानिल विक्रमसिङ्घेको कार्यकालमा धेरै प्रमुख पदहरू सम्हालेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *