जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’ को ३१ सदस्यीय केन्द्रीय समितिको सूची सार्वजनिक
काठमाडौं । जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’ ले केन्द्रीय संयोजन समितिका सदस्यहरुको सूची सार्वजनिक गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता सुदन किराँतीले ३१ सदस्यीय समितिको सूची सार्वजनिक गरेका हुन् । बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर अभियानले केन्द्रीय संजोजन समिति गठन गरेको जानकारी दिएको हो ।
समितिमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी पुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार विक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल छन् ।
यस्तै गोरख बहादुर केसी, जटिल कार्की, देविराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन्।अभियानले भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने संकल्प सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा अभियानका नेता किरातीले युवाहरूको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरू रुपान्तरण कुनै संकेत नभएको बताए । उनले अबको चुनावमा जनताले जवाफ दिने बताए ।
‘समग्र राजनीतिमा भएका समस्यालाई पहिचान गर्दै, तिनिहरूको आमुल पुनर्संरचना गर्दै, नेपालका दिर्घकालीन र अल्पकालिन सबै समस्या समाधान गर्ने जनताको भावनाको जगमा टेकेको प्रगतिशील राजनीतिक शक्ति निर्माणमा एकजुट हुन आग्रह गर्दछौं’ किरातीले भने । उनले भ्रष्टाचार र बेथितिको दलदलमा सफाई देशलाई यो अवस्थामा पुर्याउने सफल, नैतिकताहिन र अहंककारी नेताहरूलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न आह्वान समेत गरे ।
जुनसुकै मूल्यमा निर्वाचनलाई सफल गर्नुपर्ने, देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने, जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बन्दै सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेण्डासहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
हेर्नुस् सूची

