माओवादी नेता आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एकको मृत्यु
प्रमुख खबर
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्ने गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आङ्बोले चढ्दै आएको प्रदेश सभाको को १ झ ६५० नम्बरको गाडीले ठक्कर दिँदा मोरङ ग्रामथानका प्रवेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडाँलले बताइन् ।
आङ्बो चढ्दै आएको कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपीओ गाडीको ठक्करबाट ग्रामगान गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीलाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो । बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ग्रामथान–५ ककडमाडीमा ठक्कर दिँदा चौधरी घाइते भएका थिए । उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटना हुँदा आङ्वो बने गाडीमा सवार नरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
