`

नयाँ आइजीपी नियुक्तिपछि गृहमन्त्रीले पहिलो पटक बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

Nepal One HD ३० कार्तिक २०८२ १०:५१
प्रमुख खबर

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्न लागेको हो । दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि पहिलो पटक केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको हो । कार्कीलाई यही कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको हो ।

शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *