भोलिदेखि हुने एनपिएल खेल कान्तिपुर म्याक्सबाट लाइभ हुने
खेलकुद
काठमाडौँ । भोलि अर्थात् (मंसिर १ गते) देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको खेल कान्तिपुर म्याक्सबाट लाइभ हुने भएको छ।
नेपाल भरिका दर्शकका लागि लाइभ कान्तिपुर म्याक्सबाट देखाउने भएको हो। त्यस्तै विदेशमा स्टार स्पोर्ट्सबाट लाइभ हुनेछ। इन्टरनेट प्रयोगक्ताका लागि डिश होम गोमा पैसा तिरेर हेर्न सकिनेछ।
यसपालि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रीकालमा पनि खेल हुने भएको छ। नेपालमा पहिलो पटक फ्लडलाइटको मुनि खेल हुन लागेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
