चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली
खेलकुद
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले टस जितेर फिल्ड रोजेको छ । त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले फिल्ड रोजेपछि कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्दैछ ।
कर्णाली सोमपाल कामी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रँदै छन्।
एनपीएल दोस्रो संस्करणका सबै खेल त्रिवि मैदानमा हुनेछन् । यो संस्करणमा पनि पहिलोकै आठ टिम प्रतिस्पर्धामा छन् । जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
