`

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक

Nepal One HD २ मंसिर २०८२ १७:१९
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ब्याटर मार्टिन गुप्टिल र लोकेश बमले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर मार्टिनले २८ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले ४ छक्का र घ चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।

पोखराले ओपनर जर्ज मुन्सेको विकेट दोस्रो ओभरको दोस्रो बलमा लिएपछि मार्टिन क्रिजमा आएका थिए । त्यसैगरी अर्का ब्याटर लोकेश बमले पनि खेलमा अर्धशतक बनाएका छन् । उनले ३३ बलमा अर्धशतक बनाएका हुन् ।

जारी एनपीएलमा अर्धशतक प्रहार गर्ने मार्टिन चौथो र लोकेश पाँचौँ खेलाडी हुन् । दुवैजनाले ताजा अवस्थामा समान ६०र६० रन बनाएर विराटनगरको स्कोर उच्च अंकतिर लगिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *