दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
प्रमुख खबर
काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थिति गराउन आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादी प्रसाईंलाई सशरीर २४ घण्टाभित्र उपस्थित गराउन आदेश गरेको हो ।
प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासनको अनुमतिमा चार दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंको थुना गैरन्यायिक भन्दै थुनामुक्त गर्न माग गर्दै छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
