`

बञ्चरेडाँडा ल्याण्डफिल साइटको हट्यो अवरोध, के-के भए सहमति ?

Nepal One HD ४ मंसिर २०८२ १८:३७
प्रमुख खबर

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको समस्या समाधनबारे ११ बुँदे सहमति भएको छ । बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन्।

सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्याण्डफिल्ड साइटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका विषय छन् । त्यस्तै, काठमाडौं महानगरपालिका बञ्चरेडाँडा क्षेत्रका दुई स्थानीय तहलाई दिँदै आएको ३–३ करोड रुपैयाँ अनुदान वृद्धि गरी ६–६ करोड पुर्‍याउने निर्णय गरिएको छ ।

आगामी आर्थिक वर्षदेखि उक्त अनुदानमा बेलकोटगढी नगरपालिकालाई पनि समावेश गर्न महानगरलाई सिफारिस गर्ने सहमति भएको छ । यसबाहेक तीनपिप्ले–कुमरी–गल्छी सडकलाई चालु आर्थिक वर्षमै बहुवर्षीय आयोजनाको रूपमा अघि बढाउन आवश्यक प्रक्रिया तुरुन्त थाल्ने सहमति पनि भएको छ ।

हेर्नुस् सहमति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *