`

गगन र विश्वप्रकाशले भने–महाधिवेशन नगरे हामी चुनाव लड्दैनौं

Nepal One HD ५ मंसिर २०८२ १४:४४
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ को चुनावअघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने बताएका छन् । सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यहरूसँग आज भएको कुराकानीका क्रममा महामन्त्रीद्वय थापा र शर्माले चुनावअघि नियमित वा विशेष जुन महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘महामन्त्रीद्वयले चुनावअघि महाधिवेशन भएन भने हामी चुनाव लड्दैनौं भन्ने कुरा गर्नुभयो,’ भेटमा सहभागी रहेका केन्द्रीय सदस्य आङगेलु शेर्पाले सुनाए, ‘चुनावअघि महाधिवेशन गरेर जानुपर्छ भन्ने भनाइ उहाँहरूको थियो ।’
देउवानिकट २८ केन्द्रीय सदस्यले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुवै महामन्त्रीसँग नियमित महाधिवेशन कार्यतालिका ल्याउन आग्रह गरेका हुन् । चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा सभापति देउवानिकट २८ केन्द्रीय सदस्य छन् । कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्ने विवाद छ । यसबारे निर्णय गर्न भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्दैछ । सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्व पदाधिकारी चुनावपछि वैशाखमा मात्रै १५ औं महाधिवेशन गर्ने पक्षमा छन् ।

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *