सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
प्रमुख खबर
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भदौ २४ गते भएको आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् । उनीहरूमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
