`

हिउँदमै पुर्न थालियो काठमाडौंमा सडकका खाल्डा

Nepal One HD ८ मंसिर २०८२ १२:०१
प्रमुख खबर

काठमाडौं । असारमा खर्च हुन बाँकी बजेट सक्न धमाधम खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ । काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् । उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । हिउँदको सुरुवातमै हुने विकास निर्माणको कामबाट एकातर्फ पूँजीगत खर्च भई अर्थतन्त्र चलायमान हुन्छ भने काम समेत गुणस्तरीय हुन्छ । सरकारले हरेक वर्ष १० अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *