`

विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार काठमाडौँमा हुँदै

Nepal One HD ८ मंसिर २०८२ १५:३२
प्रमुख खबर

काठमाडौँ । विश्व महिला सम्मेलनको दोस्रो सैद्धान्तिक सेमिनार यही मङ्सिर ११ देखि १३ गतेसम्म नेपालमा हुँदैछ । सन् २०२२ मा ट्युनिसमा भएको सम्मेलनले काठमाडौँमा दोस्रो सैद्धान्तिक सेमिनार गर्ने निर्णय गरेको थियो ।

सम्मेलनका एसियाली क्षेत्रका संयोजक दुर्गा पौडेलले सैद्धान्तिक छलफलमा विश्वका चार महादेशका २० भन्दा बढी देशका महिला सहभागी हुने जानकारी दिएका छन् । छलफलमा विश्वमा बढ्दो साम्राज्यवादबाट महिलालाई परेको असर, समाजवाद क्रान्तिका लागि महिलाको एकरुपता तथा साम्राज्यवादविरुद्ध महिलाको एकमतलगायत विषयमा सैद्धान्तिक बहस हुने उनले बताएका छन् ।

विभिन्न ६ महिला सङ्गठनको सहकार्यमा सम्मेलन हुन लागेको संयोजक पौडेलले बताएका छन् । यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी महिला अधिकारकर्मीले महिलाका समस्या, शोषण र उत्पीडनको मूल कारणका रूपमा साम्राज्यवादी व्यवस्थालाई औँल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *