मन्त्री पुनको निर्देशन : बाल कक्षाका शिक्षक–कर्मचारीलाई अन्याय नगर, थपेर तलब देऊ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बाल कक्षाका शिक्षकसहितका कर्मचारीको तलबका लागि मन्त्रालयबाट अनुदान रकम पठाइसकिएको जानकारी गराउँदै त्यसमा थपेर उनीहरूलाई पारिश्रमिक दिन स्थानीय सरकारहरूलाई निर्देशन दिएका छन् ।
उनका अनुसार शिक्षा मन्त्रालयले बालकक्षा शिक्षकका लागि १२ हजार, विद्यालय सहयोगीका लागि १० हजार र विद्यालय सहायक कर्मचारीका लागि १५ हजारका दरले तलब पठाइसकेको छ । बाँकी अपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्नेछ ।
अहिलेसम्म झण्डै ७०० स्थानीय सरकारले थपेर न्यूनतम पारिश्रमिकअनुसार तलब दिएको जानकारी प्राप्त भएको शिक्षामन्त्री पुनले बताएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरूको जिम्मेवारी भएको अवगत गराउँछु । बाल शिक्षकहरू र कर्मचारीहरूलाई अन्याय नगर्नुहोला । यस विषयमा ट्रेड युनियनका नेताहरू खोई जागेको ?

