कर्णालीविरुद्ध पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनको शतक
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा पोखरा एभेन्जर्सका ओपनर एडम रोसिंटनले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराका रोसिंटनले कर्णालीविरुद्ध ५५ बलमा १०० रन पूरा गरेका हुन् । यसक्रममा उनले ११ चौका र ६ छक्का प्रहार गरेका छन् ।
योसँगै रोसिंटन एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने दोस्रो ब्याटर बनेका छन् । यसअघि कणालीका मार्क वाटले लुम्बिनी लायन्सविद्ध शतक बनाएका थिए ।
जारी खेलको १९औँ ओभर समाप्त हुँदा पोखराले एक विकेट गुमाएर रन बनाएको छ । रोसिंटनसँगै क्रिजमा रहेका धनञ्जय लक्षण १४ रनमा खेलिरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
