`

मंसिर २६ गतेभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन मिल्ने

Nepal One HD २२ मंसिर २०८२ १८:०८
निर्वाचन विषेश

काठमाडौं । निर्वाचन आयोगले मंसिर २६ गतेभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सकिने जनाएको छ । नाम हटाउने, दाबी–विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सकिने जनाएको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै भनेको छ,“पुनरवलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक (दाबीविरोध) कार्यक्रममा यही मंसिर २६ गते भित्र नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दाबीविरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सक्ने सुविधा समेत रहेको छ ।”

कुनै मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालय गई वा आयोगको वेबसाइट मार्फत अनलाइन निवेदन पनि आयोगले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *