एमाले महाधिवेशन उदघाटनअघि यस्तो छ सल्लाघारीको माहोल {फोटो फिचर}
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा केहीबेरमा औपचारिक रुपमा सुरु हुँदैछ । महाधिवेशन उद्घाटनका लागि सल्लाघारीको खालि मैदानमा भव्य स्टेज बनाइएको छ । स्टेजमा कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरिरहेका छन् ।उद्घाटन कार्यकम सुरु हुनु अघि देशभरीबाट आएका महाधिवेशन प्रतिनिधि र कार्यकर्ता सल्लाघारीमा भेला भइरहेका छन् ।
एमालेले आज तीन लाख मान्छे उतार्ने घोषणा गरेको छ । भक्तपुरका विभिन्न स्थानबाट झाँकीसहितका र्यालीहरू लगातार कार्यक्रमस्थलमा प्रवेश गरिरहेका छन् । र्यालीमा कार्यकर्ताले नाराबाजी पनि गरिरहेको देख्न सकिन्छ । कार्यक्रमस्थलमा नेताहरू पुग्ने क्रम पनि चलिरहेको छ । एमालेले यसपटक विदेशी पाहुनाहरू बोलाएको छैन भने १६ राजनीतिक दललाई निम्ता गरेको छ ।
तस्वीरहरु

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
