एमाले महाधिवेशन : को–को नेता पुगे ?
नेकपा एमाले
काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन उद्घाटन समारोहमा विभिन्न पार्टीका नेता पनि पुग्ने क्रम सुरु भएको छ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सल्लाघारी पुगेका छन् । एमाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन उनी सल्लाघारी पुगेका हुन् । भक्तपुरको सल्लाघारीस्थित उद्घाटन स्थलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पुगेका छन् । उनलाई एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनलाई स्वागत गरेका छन् । उनी मञ्चमा पुगेका छन् । अन्य नेता पुग्ने क्रममा रहेको ज्ञवालीले जानकारी दिएका छन् । भिडभाडले गर्दा आमन्त्रित नेताहरू मञ्चमा पुग्न कठिनाइ भइरहेको ज्ञवालीले बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
