`

ओली ‘प्यानल’ मा हेरफेर : लेखराज भट्टले असन्तुष्टि जनाएपछि यसरी मिलाइयो

Nepal One HD २९ मंसिर २०८२ १३:४८
नेकपा एमाले

काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि गरिएको छ । लेखराज भट्टले सचिव पद दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो । भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिए । ‘म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु’, उनले भने ।

माओवादी धारबाट आएका उनी दशौं महाधिवेशनमा सचिव भएका थिए । तर, उपमहासचिवमा यसअघि पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली टिमबाट अघि सारेपछि असन्तुष्टि बढेको थियो । एमालेमा आगामी नेतृत्व चयनका लागि अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएरै प्रतिष्पर्धा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *