ओली प्यानलमा परेनन् सुहाङ, स्वतन्त्ररुपमा लड्ने
काठमाडौँ । आफ्ना पिता सुवास नेम्वाङको असमायिक निधन भएपछि राजनीतिमा आएका सुहाङ नेम्वाङ स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा रहेका छन् ।
सुवास नेम्वाङको निधन भएपछि २०८१ मा इलाम-२ मा रहेको रिक्त ठाउँमा उपचुनावका लागि एमालेले छोरा सुहाङ नेम्वाङलाई नै उम्मेदवार बनाएको थियो । र उनले जितेका थिए ।
३७ वर्षका उनले राजीतिमा आएको छोटै समयमा एमालेभित्र लोकप्रिय युवा नेताको छवि बनाए। संसद्मा आएर पनि उनले लोकप्रियता कमाए। आफ्ना बुवाजस्तै मृदुभाषी उनी सबैका प्रिय बने। तर, ११ औँ महाधिवेशनमा आइपुग्दा पार्टीको संस्थापन केपी शर्मा पक्षको प्यानलबाट उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्न सकेनन्।
गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहपछि युवालाई पार्टीमा भित्र्याउने भन्दै विधान संशोधन समेत गर्यो।
विधानमा हेरफेर गरेर युवाका लागि ५ प्रतिशत छुट्याउँदा पनि युवामाझ आफ्नो पहिचान बनाइसकेका सुहाङ संस्थापन पक्षको प्यालनमा परेनन्।
ओली पक्षको प्यानलमा नपरेका उनी अव स्वतन्त्ररुपमा केन्द्रीय सदस्य लड्ने तयारीमा छन्।
