`

इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भए : प्रदीप पौडेल

Nepal One HD १ पुष २०८२ १२:१२
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने स्थिति सिर्जना भएको बताएका छन् । मंगलवार काठमाडौंमा डिजिटल राइट्स कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय भएको बताए । यो मानव अधिकारसँग जोडिएको विषय भएको पनि उनको भनाइ छ ।

सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै भएको बताउँँदै नेता पौडेलले इन्टरनेको पूर्ण व्यवस्थापन भने गर्न नसकिएको बताए । सामाजिक सञ्जालको निषेध लोकतन्त्रको पक्ष नभएको बताउँदै डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली कांग्रेसको आदर्श, मूल्य मान्यतासँग जोडिएको विषय भएको बताए ।

उनले भने, ‘डिजिटल राइट्स लोकतन्त्रसँग जोडिएको एउटा अभिन्न विषय हो । मानव अधिकारसँग जोडिएको विषय हो । सामाजिक सञ्जाल वा इन्टरननेट अक्सिजन जस्तै हो । अक्सिजन प्रयोग नगरीकन मान्छे बाँच्नै सक्दैन । आज इन्टरनेटको प्रयोग पनि मान्छेका लागि बाँच्नै नसक्ने गरी इन्टरनेट प्रयोगमा धेरै मानिसहरु अभ्यस्त भएको स्थिति छ । त्यसलाई व्यवस्थित गर्ने लोकतन्त्रको मुख्य विषय हो । त्यसलाई निषेध र बन्द गर्ने लोकतन्त्रको पक्ष होइन । डिजिटल राइट्सको विषय मानव अधिकारको, लोकतन्त्रको र नेपाली काँग्रेसको आदर्श, मूल्यमान्यतासँग जोडिएको विषय हो । नेपाली काँग्रेस कमी कमजोरी थुप्रै छन्, लोकतान्त्रिक मूल्य मान्यतासँग जोडिएको पार्टी हो काँग्रेस ।’ नेता पौडेलले सामाजिक सञ्जालको विषय आफूले उठाएर नै राजीनामा गरेको बताए । सामाजिक सञ्जाललाई पूर्ण ढंगबाट व्यवस्थित गर्न नसकिएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *