`

नयाँहरू मिल्छौं, मिलाएर लैजान्छौं: रवि लामिछाने

Nepal One HD ५ पुष २०८२ १५:४३
बिशेष

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् । सहकारी ठगीको अभियोगमा थुनामा रहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतले धरौटीमा रिहा गरेको थियो । अदालती प्रकृया पुरा गर्न बुटवल गएका उनी आज चितवन हुँदै काठमाडौं फर्किएका हुन् ।

काठमाडौं आइपुगेपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर उनी समर्थकहरूले घेरिएका थिए । विमानस्थलबाहिर सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले नयाँ राजनीतिक शक्तिहरूलाई मिलाएर लैजाने बताए ।

आफूले जस्तोसुकै त्याग गरेर भए पनि सबैलाई मिलाउने उनले बताए ।

यसअघि चितवनको चौबिसकोठीमा पनि समर्थकहरूलाई सम्बोधन गर्दै उनले पार्टीको नाम, चुनावचिन्ह वा आफ्नो सभापित पद त्याग गरेर भए पनि नयाँहरूलाई एकजुट बनाएर चुनावमा लैजाने बताएका थिए । आफू सांसद वा मन्त्री नभए पनि भ्रष्टाचारको महल भत्काउन नयाँहरू मिलाउने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *