प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट
बिशेष
काठमाडौँ, ६ पुसः प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
