बालेन र रविबीच ६ घण्टा लामो छलफल, खुसी हुँदै एउटै गाडीमा निस्किए
बिशेष
काठमाडौं – रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएर आएपछि सभापति लामिछाने पछिल्लो दुई दिनमा दोस्रो पटक बालेनसँग भेटवार्ता गरेका हुन्।
उनीहरूबीच राति ६ घण्टासम्म छलफल भएको जनाइएको छ । रास्वपाका पूर्वसांसद असिम शाहको घरमा लामिछाने र बालेन समूहबीच भेटवार्ता भएको हो।
भेटवार्ता भएपछि बालेन र रवि एउटै गाडिमा खुसि हुँदै निस्किएका छन् ।भेटवार्ता सकारात्मक भएको पूर्वसांसद असिम शाहले बताएका छन् । रविले फागुन २१ को आमनिर्वाचनमा बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
