`

अनुगमनका लागि कांग्रेस पार्टी कार्यालय पुग्यो सरकारी टोली

Nepal One HD ८ पुष २०८२ १२:४३
प्रमुख खबर

काठमाडौं । उच्चस्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन र निरीक्षण गरिएको छ । सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेताहरुसँग छलफल समेत गरेको छ ।

टोली सानेपास्थित जलाइएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै कांग्रेसका प्रतिनिधिहरुसँग छलफल गरेको छ । यसपछि आजै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *