महाधिवेशन सम्पन्न भए कांग्रेसप्रति जनविश्वास थप बलियो हुनेछ – विश्वप्रकाश शर्मा
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन सम्पन्न भए कांग्रेसप्रति जनविश्वास थप बलियो हुने बताएका छन् ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताउका हुन् ।
पार्टीको केन्द्रीय महाधिवेशन नै वर्तमान अवस्थाको उत्तम विकल्प भएको भन्दै उनले वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको जानकारी दिए ।
उनले भने , ‘पहिले वडास्तरको अधिवेशन गर्ने, त्यसपछि क्षेत्रीय प्रतिनिधिहरूको सहभागितामा १६५ वटा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने र त्यसबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पार्टीभित्र छलफलमा छ ।’
उनले महाधिवेशन सम्पन्न भए कांग्रेसप्रति जनविश्वास थप बलियो हुने बताए ।‘
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
