`

विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइनेछ – पूर्वप्रधानमन्त्री नेपाल

Nepal One HD १३ पुष २०८२ ८:५१
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु देश र जनताको हितमा रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आयोजित कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताए । उनले राजनीतिक स्थायित्वका लागि निर्वाचन अनिवार्य रहेकाले लोकतान्त्रिक दलहरूले निर्वाचनको विकल्प खोज्न नहुनेमा जोड दिए ।

कम्युनिष्ट सिद्धान्तको मूलधार नेकपा भएकाले अहिले नवयुवाको आकर्षणको केन्द्र आफ्नो पार्टी बनेको र देशभरिबाट युवा पार्टी निर्माणमा जुट्ने क्रम जारी रहेको बताउँदै सहसंयोजक नेपालले विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने प्रष्ट पारे। चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूको परीक्षा सुरु भएको बताउँदै उहाँले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरणमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *