नेकपाका यी हुन् ११० समानुपातिक उम्मेदवार, अधिकांश नयाँ अनुहार (नामावली)
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । यस पटकको सूचीको विशेषता भनेको—अघिल्ला संघीय वा प्रदेशसभा सांसदहरूलाई समावेश नगरी अधिकांश नयाँ अनुहारलाई अवसर दिनु हो ।
नेकपाले पार्टीभित्र लिइएको नीतिगत निर्णयअनुसार यसअघि सांसद भइसकेका नेताहरूलाई समानुपातिक सूचीमा नदोहोर्याउने रणनीति अपनाएको जनाएको छ। सोही कारण पार्टीको बन्दसूची विभिन्न समुदाय, वर्ग र पेसाबाट आएका नयाँ प्रतिनिधित्वले भरिएको देखिन्छ । समानुपातिक सूचीमा पार्टी एकता प्रक्रियामा आएका चिरण पुनदेखि हालै मात्र पार्टी प्रवेश गरेका डा. मित्र परियारसम्मलाई समेटिएको छ ।
यसले नेकपाले संगठन विस्तारसँगै नयाँ कार्यकर्ता र विज्ञ व्यक्तित्वलाई समेत राजनीतिक मूलधारमा ल्याउन खोजेको संकेत गर्छ । समानुपातिक सूचीमा खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायको सन्तुलित सहभागिता देखिन्छ । खस आर्यतर्फ महिलामा करुणा बस्नेत र पुरुषतर्फ पूर्व राजदूत प्रमेश हमाल शीर्ष स्थानमा छन् ।
आदिवासी जनजातितर्फ दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति र मंगलसिंह प्रजा समेटिएका छन् । मधेशी समुदायबाट तारा महतो, रामसखी देवी, जोगकुमार बर्बरिया यादव र सुरेन्द्रकुमार जयसवाल सूचीमा छन् । दलित समुदायबाट गीता गहतराज, पार्वती विक, गणेशबहादुर विश्वकर्मा तथा डा. मित्र परियारको नाम परेको छ ।
थारु समुदायतर्फ निशा चौधरी, अञ्जु दहित, भवनकुमार थारु र रामअवतार थारु अग्रस्थानमा छन् भने मुस्लिम समुदायबाट केसर जहा (सकिना मुस्लिम), जरिना बेगम, जार्मिया खातुन, कमरुल नशा र ताज मोहम्मद मियाँ समावेश छन् । सूचीमा क्रान्तिकारी महिला नेतृ पञ्चा सिंह, पूर्व लडाकु कमाण्डर कमला नहर्की, बीबी खनाल जस्ता नामहरू पनि परेका छन् । यसले राजनीतिक प्रतिनिधित्वमा महिला, पूर्व संघर्षका सहभागी र सामाजिक अभियन्तालाई समेत स्थान दिन खोजिएको देखाउँछ ।
हेर्नुहोस् नामावली
खस आर्य ३२ जना
करुणा बस्नेत
उमा अधिकारी
सीता दाहाल
पञ्चा सिंह
निशा न्यौपाने
कमला नहर्की
गङ्गा खड्का बोगटी
निर्मला साउँद
दिलकुमारी पन्त
मञ्जु कोइराला
उषाकुमारी पोख्रेल
भगवती नेपाल
इन्दिरा ढुङ्गाना
जयानन्द कार्की रावल
ज्ञानु आचार्य
यमुना गुरागाईँ
सावित्री पोखरेल
प्रदेशकुमार हमाल
महेन्द्रबहादुर कार्की
प्रेम बयक
नहेन्द्र खड्का
जितेन्द्र दाहाल
सुजाता काफ्ले
डम्बरबहादुर क्षेत्री
विनोद कटुवाल
राममणी पोख्रेल
तीर्थबहादुर बुढा
विष्णु लम्साल
भिमबहादुर भण्डारी
कृष्णबहादुर बुढा
गोविन्दराज पौडेल
विष्णुप्रसाद खनाल
आदिवासी जनजाति ३३ जना
दिपक जंगम
भिमकुमारी बुढा
सोमती गुरुग
सर्मिली लामा
ममता राजबंशी
अञ्जिता श्रेष्ठ
विष्णुकुमारी थापामगर
मेनुका थुलुंग
सुनिता बुढामगर
निर्मला श्रेष्ठ
रामदेवी तामांग
सुनिता घले
सीता श्रेष्ठ
सोनम लामा शाक्य
नलिनि सि
सविता तामांग
जमुना गइजु
कल्पना लिम्बु
परशुराम तामांग
दिलिप प्रजापती
झक्कुप्रसाद घर्ती
कृष्णकुमार राई
वेखानसिंह तमु
पासांग शेर्पा
भरतकुमार श्रेष्ठ
वीरबहादुर बुढाथोकी
दंगध्वज खोयाहांग
शेरबहादुर तामांग
मंगलसिंह प्रजा
जेतबहादुर पुन
रुकुम पाख्रिन
रहलसिंह तामांग
डा.पुष्पराज कर्णिकार
मधेशी १८ जना
तारा महतो
रामसखी देवी
सुनितादेवी यादव
पुर्णा बुढा झा
जयरानी सहनी
पुनम जैसवाल
संगीतादेवी यादव
सुधा सिं
कल्पनाकुमारी यादव
जगिकुमार बरबरिया यादव
सुरेन्द्रकुमार जयसवाल
घनश्यामप्रसाद रजक
किसुन मण्डल
श्रीप्रसाद साह
कमलराय यावद
छेदि रजक
अभिमन्यु यादव
अरविन्द दास
दलित १५ जना
गीता गहतराज
पार्वती विक
विनिता विक
रेखा राम
शारदा दमै
तारा विश्वकर्मा
सुमरियादेवी पासवान
कमला ज्ञवाली सिर्पाइली
गणेशबहादुर विश्वकर्मा
डा.मित्र परियार
सरद रसाईली
शंकर दुलाल
ठाकुरकुमार विक
कृष्ण नेपाली
गोपाल परियार
थारु ७ जना
निराशा चौधरी
अञ्जु दहित
सस्मति चौधरी
उषाकुमारी चौधरी
भवनकुमार थारु
रामअवतार थारु
लक्ष्यबहादुर चौधरी
मुस्लिम ५ जना
केसर जहा भन्ने सकिना मुस्लिम
जरिना वेगम
जार्मिया खातुन
कमरुल नशा
ताज मोहम्मद मियाँ
