समानुपातिक सूचीमा अपांगता भएका व्यक्तिको सिट सुनिश्चित गर्न सर्वोच्चको आदेश
निर्वाचन विषेश
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको बन्दसूचीमा अपांगता भएकाहरुको नाम समावेश गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । माधव चम्लागाईले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजालसले कुनै दलले बन्दसूचीमा अपांगता भएका व्यक्तिहरुको नाम समावेश नगरेको भए सच्याएर समावेश गरी पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको हो । दलहरुलाई पुस २७ सम्म संशोधनको समय भएकाले सो अवधिभित्र अपांगता भएका व्यक्तिहरुलाई समेट्न सर्वोच्चले आदेशमा भनेको छ । पुस २८ देखि माघ ३ सम्म दलले मिलाएको बन्दसूची जाँच गरिने आयोगले जनाएको छ । आगामी माघ २० गते अन्तिम सूची प्रकाशन हुनेछ ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
